काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकाल पार्टीको कारबाहीविरुद्ध निर्वाचन आयोग पुगेका छन् । पार्टीले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने गरि गरेको कारबाही अवैधाननिक भएको भन्दै डा. ढकालले निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
डा. ढकालले आइतबार पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा पदबाट हटाउन गरेको निर्णय वैधानिक नभएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
निवेदनमा डा. ढकालले पार्टीले आफूलाई अहिलेसम्म पदीय भूमिकाबाट मुक्त गरेको औपचारिक पत्र नदिएको उल्लेख गरेका छन् ।
राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८ (२), रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ (४), राजनीतिक दलसम्बन्धी ऐन अनुसार आफूमाथिको कारबाही अवैधानिक भएको दाबी ढकालले निवेदनमा गरेका छन् ।
रास्वपाले ढकाललाई पार्टीले गरेको कारबाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन निवेदन दिनसक्ने निर्णयमा उल्लेख गरेको थियो ।
कारबाही विधिसंगत नभएकाले आफू पदमा बहाल रहेको ढकालको जिकिर गर्दै ढकालले निर्वाचन आयोगमा निवेदन दिएको बताएका छन् ।




प्रतिक्रिया