काठमाण्डु-श्रीलङ्काविरुद्धको ३ खेलको टी–२० सिरिजमाथि भारतले क्लिन स्विप गरेको छ ।
मङ्गलवार राति भएको तेस्रो टी–२० खेलमा सुपर ओभरमा जित हात पार्दै भारतले सिरिजमाथि क्लिन स्विप गरेको हो ।
श्रीलङ्काको पल्लेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको भारतीय टीमले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३७ रन बनायो । १३८ रनको लक्ष्यसहित मैदान उत्रेको घरेलु टीम श्रीलङ्काले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १३७ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा श्रीलङ्काले २ विकेट गुमाएर जम्मा २ रनको लक्ष्य भारतसमक्ष प्रस्तुत गरेको थियो । जुन भारतीय टीमका कप्तान सूर्यकुमार यादवले मात्र १ बलमै पूरा गरेर सिरिज आफ्नो नाममा गराए ।
भारतले यसअघि पहिलो खेलमा श्रीलङ्कालाई ९ र दोस्रो खेलमा ७ विकेटले हराएको थियो ।




प्रतिक्रिया