बुधबार २१ अर्ब ९१ करोड १५ लाखको सेयर कारोबार

बुधबार २१ अर्ब ९१ करोड १५ लाखको सेयर कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बुधबार सेयर कारोबारमा हालसम्मकै बढी रकमको कारोबार भएको छ । आज २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

यसअघि ३१ साउन २०७८ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको सबै भनदा बढी रकमको कारोबार भएको रेकर्ड थियो । त्यो रेकर्ड तीन वर्षमा तोडियो ।

बुधबार नेप्से परिसूचक ६४.२५ अंक बढेर २७६०.९० अंकमा कायम भएको छ ।

आज १९१ कम्पनी सेयर मूल्य बढ्दा ४४ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । आज बैंकिङ १, विकास बैंक ३.२, फाइनान्स ८, होटल तथा पर्यटन २.९, हाइड्रोपावर २.१, लगानी ६.८, जीवन बीमा २.१, उत्पादन १.८, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.८७, अन्य ३.९ तथा ब्यापार समूह २.७ प्रतिशत बढेका नेप्सेले जनाएको छ ।