एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली र पोखरा तथा चितवन र काठमाण्डु खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली र पोखरा तथा चितवन र काठमाण्डु खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबार दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्ने छन् ।
यस्तै आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाज खेल्ने छन्
।

हाल चार अंकका साथ तालिकाको छैटौँ स्थानमा रहेको कर्णालीले चार खेल खेल्दा समान दुई जित र हार दुई व्यहोरेको छ ।

पोखरा भने पहिलो जित निकाल्दै खाता खोल्ने लक्ष्यमा हुनेछ । चार खेल खेल्दा टोलीले सबै खेलमा पराजय भोगेको छ ।\

हाल चार अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको काठमाण्डूले चार खेल खेल्दा तीन जित र एक हार व्यहोरेको छ ।

यता, पाँच अंकका साथ तालिकाको चौथो स्थानमा रहेको चितवनले चार खेल खेल्दा दुई जित र एक हार व्यहोरेको छ ।