काठमाण्डु – नेकपा एमालेले पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटव्यूरो र केन्द्रीय समितिमा ३५५ जनालाई जिम्मेवारी दिँदा एक केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएको छैन् ।
बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य ऐन महरलाई जिम्मेबारी नदिएको हो । बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा जिम्मेवारी तोकिएको सूचीमा महरको नाम छैन ।
पहिला पार्टी कार्यकर्तासँग नाम जोडिएपछि निलम्बनमा परेका महर केही समय अघि घटनामा सफाई पाएका थिए । घटनामा सफाइ पाएपछि एमालेले उनको निलम्बन फुकुवा गरेको थियो ।
निलम्बन फुकुवा भएपछि लामो समय जिम्मेवारी नपाएका महरलाई बुधबारको बैठकले जिम्मेवारी दिने अपेक्षा गरिए पनि जिम्मेवारी नदिएको एक पदाधिकारीले बताए ।




प्रतिक्रिया