शम्भुमार्गको गेष्ट हाउसमा महिला–पुरुष झुण्डिएको अवस्थामा मृत फेला

शम्भुमार्गको गेष्ट हाउसमा महिला–पुरुष झुण्डिएको अवस्थामा मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिका–९ शम्भुमार्गको गेष्ट हाउसमा १ महिला र १ पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र अन्दाजी १९–२० वर्षीया करिश्मा सार्की मृत अवस्थामा फेला परेका जानकारी दिए ।

उनले भने, ‘उनीहरू साउन १५ गतेदेखि गेष्ट हाउसमा बस्दै आएका र आज दिउँसो १२ बजेसम्म खाना खानका लागि बोलाउन जाँदा ढोका नखोलेपछि दिउँसो १ बजे प्रहरीलाई खबर गरिएको जानकारी प्राप्त भएको छ ।’

प्रहरीले गेष्ट हाउसको ढोका खोलेर हेर्दा महिला घाँटी काटिएको र पुरुष पंखामा डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका छन् ।

घटनाका विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ भने शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए ।