यी प्रदेशमा राति भारी वर्षाको सम्भावना

यी प्रदेशमा राति भारी वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शुक्रबार राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम तथा बाँकी प्रदेशका १–२ स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना जनाइएको छ ।