पहिरोले घर पुर्दा हजुरआमाको मृत्यु, नातिनी बेपत्ता

पहिरोले घर पुर्दा हजुरआमाको मृत्यु, नातिनी बेपत्ता

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-रोल्पामा पहिरोले घर पुरिएको छ । शुक्रबार राति सुनछहरी गाउँपालिका– ४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक केशरबहादुर थापाका अनुसार राति ९ बजेतिर माथिबाट पहिरो आएर घर पुरिएको हो । घरमा आमा र नातिनी रहेको बताइएको छ। पहिरोले घरसँगै हजुरआमा र उनका ४ वर्षीया नातिनीलाई पुरेको बताइएको छ । ६५ वर्षीया हजुरआमा बसुना सुनार भने घरभित्रै मृत अवस्थामा फेला परेकी छन् भने नातिनी बेपत्ता रहेकी छन् ।

घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीमा राति १० बजेतिर जानकारी गराएका थिए । सूचना पाउनासाथ प्रहरी निरीक्षक थापाको कमान्डमा चारजना प्रहरी घटनास्थल पुगेका थिए । वर्षा नरोकिएको र पहिरो झर्ने क्रम जारी रहेको छ । उक्त ठाउँमा नेटवर्कसमेत नभएकाले उद्धारमा समस्या भएको प्रहरीले बताएको छ । नातिनी नभेटिएपछि घरभित्रै पहिरोले पुरेको हुन सक्ने प्रहरी अनुमान छ ।