कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ गते सोमबार विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन् । कँडेलले साउन २१ गते सोमबार विश्वासको मत लिन शनिबार पत्र दर्ता गराएका प्रदेशसभा सचिवालयले जनाएको छ ।

कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनेछन् । कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो । पहिलोपटक उनले गत वैशाख १३ गते पहिलो पटक विश्वासको मत पाएका थिए ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कँडेलले पुनः विश्वासको मत लिन लागेका हुन् । उनले अब नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्ने तयारी गरेका छन् ।

शुक्रबार कांग्रेसकातर्फबाट चार जना मन्त्रीको नाम सिफारिस भइसकेको छ । आइतबार उनीहरुलाई शपथ गराउने र सोमबार विश्वासको मत लिने तयारी कँडेलको छ ।