काठमाण्डु– कामु प्रधानसेनापति अशोकराज सिग्देलले नयाँ टिम निर्माण गर्न सुरु गरेका छन् । प्रधानसेनापति प्रभुराम शर्मा साउन २४ गतेबाट बिदामा बस्ने भएपछि सिग्देलले आफू अनुकुलको टिम बनाउन सुरु गरेका हुन् । सरकारले कामु सेनापतिको जिम्मा सिग्देललाई दिएपछि उनी टिम निर्माणमा जुटेका हुन् ।
सिग्देलले सेनामा महत्वपूर्ण मानिने सैनिक सहायकमा सहायकरथी पूर्ण खत्रीलाई जिम्मेवारी दिएका छन् । शुक्रवार सेनामा २१ जना अधिकारीहरूको सरुवा भएको छ । सरुवा हुनेमा अधिकांश प्रधानसेनापति शर्माको सचिवालयमा कार्यरत अधिकारीहरू रहेका सैनिक मुख्यालयले जानकारी दिएको छ ।
शुक्रबार सिग्देलको सिफारिसमा भएको सरुवामा प्रमुख सेनानीहरू शिव पौडेल, दिपक टण्डन क्षेत्री, कमल केसी, सेनानीहरू विकास गुरुङ, प्रवल देउजा र विश्वास थापाको प्रधानसेनापतिको कार्यालयमा सरुवा भएको छ ।
सेनामा चाँडै सहायकरथी र महासेनानीको समेत सरुवा हुंदैछ । त्यसैगरी केही उपरथीहरुको जिम्मेवारी समेत हेरफेर हुनसक्ने सम्भावना छ ।
सेनामा प्रधानसेनापति फेरिएसँगै आफ्नो नयाँ टिम बनाउने प्रचलन छ ।




प्रतिक्रिया