भारत ‘ए’ले नेपाललाई दियो ३३३ रनको लक्ष्य

भारत ‘ए’ले नेपाललाई दियो ३३३ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एसिया कप राइजिङ स्टार्स अन्तर्गत भारत ‘ए’ले नेपाललाई ३३३ रनको लक्ष्य दिएको छ ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा जारी खेलमा भारत ‘ए’ले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनायो ।

भारत ए का तिलक वर्मा र कुमार कुशाग्रले सतक हाने । वर्माले १०७ रन जोडे भने कुशाग्रले ११७ रन बनाए । यस्तै सुर्यान्स सेग्डेले ३६ र वैभव सूर्यवंसीले २६ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछने र ललित राजवंशीले ३/३ विकेट लिए भने नन्दन यादव २ र पवन सराफले १ विकेट लिए ।