५ जना मृत अवस्थामा फेला

५ जना मृत अवस्थामा फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–  देशभरमा ५ जनाको शब फेला परेको छ । 

इलाम,प्युठान,काभ्रे, धादिङ र बाँकेमा गरी ५ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

मृत फेला परेकामा इलाम नगरपालिका–६ सिङफिरिङ बस्ने ४९ वर्षीय डम्बर बहादुर थापा सोही नगरपालिका–८ स्थित गोठमा आइतबार मृत अवस्थामा फेला परेका थिए । शनिबार दिउँसो
घरबाट हिँडेका उनी घर फर्की नआएकोले खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यता, प्युठान नगरपालिका–२ आर्नेटा मसेरी बस्ने ५२ वर्षीय भक्त बहादुर बिष्ट सोहीठाउँस्थित आफ्नै दाइको घरको आँगनमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै, काभ्रेको तेमाल गाउँपालिका–८ भर्‍याङ् बस्ने ५५ वर्षीय शम्भु बहादुर बिक सोही ठाउँस्थित बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

यस्तै, धादिङको गल्छी गाउँपालिका–६ र बाँके कोहलपुर नगरपालिका–२ मा नाम, थर, वतन नखुलेकी अन्दाजी २९ वर्षीया महिला र  ७० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।