इरानलाई हराउँदै नेपाल महिला भलिबलको फाइनलमा, भोलि भारतविरुद्ध खेल्ने

इरानलाई हराउँदै नेपाल महिला भलिबलको फाइनलमा, भोलि भारतविरुद्ध खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काभा महिला लिग भलिबल प्रतियोगितामा नेपाल फाइनलमा पुगेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इरानलाई ३–० सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

अब उपाधिका लागि नेपालले बुधबार फाइनलमा भारतसँग खेल्नेछ । भारतले मंगलबारै भएको सेमिफाइनलमा श्रीलंकालाई ३–० सेटमा हराएको थियो ।