काभा महिला भलिबलमा श्रीलंकालाई हराउँदै इरान तेस्रो

काभा महिला भलिबलमा श्रीलंकालाई हराउँदै इरान तेस्रो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स लिग भलिबलमा इरानले श्रीलंकालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा बुधबार भएको खेलमा इरानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो ।

इरानले श्रीलंकामाथि २५–२२, २८–२६, र २५–१७ ले पाखा लगाउँदै जीत हासिल गरेको छ । प्रतियोगिताको फाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामान गर्दैछ । खेल बुधबार साँझ ५ बजेदेखि सुरु हुनेछ ।