विमानस्थलबाट ६ किलो कोकिनसहित १ जना पक्राउ

विमानस्थलबाट ६ किलो कोकिनसहित १ जना पक्राउ

प्रतिकात्मक तस्वीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लागूऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित १ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लात्भिया देश घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स रहेका लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

उनले भने, ‘दोहाबाट कतार एयरवेजमार्फत काठमाण्डु आएका भाल्टर्सलाई हाम्रो टोलीले बुधबार ६ किलो कोकिनसहित पक्राउ गरेको हो, उक्त विषयमा अहिले थप अनुसन्धान कार्य भइरहेको छ ।’