अमेरिकी नागरिक लिन स्याफ्रुबेसी जाँदै गरेकाे हेलिकप्टरमा चिनियाँ चढेको खुलासा

अमेरिकी नागरिक लिन स्याफ्रुबेसी जाँदै गरेकाे हेलिकप्टरमा चिनियाँ चढेको खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एयर डाइनेस्टीको बुधबार दुर्घटनामा परेको हेलिकप्टर चार्टर्ड रहेको खुलेको छ। अमेरिकी नागरिक लिन स्याफ्रुबेसी जाँदै गरेको हेलिकप्टरमा चिनियाँ नागरिक चढेको र उनीहरू दुर्घटनामा परेको खुलेको हो।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबार सिंहरबारमा बसेको बैठकमा दुर्घटनाबारे जानकारी गराउँदै नागरिक उड्यन तथा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल घुम्न आएका चिनियाँ नागरिकहरू घर फर्किन चार्टर भएको हेलिकप्टर चढेको जानकारी दिए।

मानसरोवर घुमेर आएका अमेरिकी नागरिक लिन हेलिकप्टर चार्टर्ड भएको भए पनि ट्राभल एजेन्सीको समन्वयमै चाँडो घर फर्किन चाहेका चिनियाँ नागरिकलाई उक्त हेलिकप्टरमा चढाइएको पाइएको मन्त्री पाण्डेले जानकारी दिए।

यता नेपाल नागरिक उड्डयन प्राधिकरणले भने चालक दलको कमजोरी कारण एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ।

प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बिहीबार समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिदै विस्तृत विवरण भने सरकारले गठन गरेको छानबिन समितिले दिने पनि बताए।

सिभिल एभिएसनको भिजुअल फ्लाइट रूट (भिएफआर) ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ।