सभामुख घिमिरेको हातमा पुग्यो टीआरसी विधेयक, आगामी प्रतिनिधिसभा बैठकमा पेश गर्न आग्रह

सभामुख घिमिरेको हातमा पुग्यो टीआरसी विधेयक, आगामी प्रतिनिधिसभा बैठकमा पेश गर्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद्को कानून, न्याय तथा मानवअधिकार समितिले सत्यनिरुपण तथा बेपत्ता पारेका व्यक्तिको छानबिन गर्न बनेको विधेयक (टीआरसी) लाई आगामी बैठकमा पेश गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ ।

सभामुख घिमिरेलाई शुक्रबार भेटेर समितिकी सभापति विमला सुवेदी सहितको टोलीले संसदीय समितिबाट सर्वसम्मत पारित विधेयक पहिलो बैठकमै पेश गर्न आग्रह गरेको छ । प्रतिनिधि सभाको आगामी बैठक साउन २९ गते बस्दैछ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक समितिमा दफावार छलफलपछि बिहीबार पारित भएको थियो ।

प्रतिनिधि सभाको २०८० वैशाख १५ गतेको बैठकबाट दफावार छलफलका लागि विधेयक समितिमा पठाइएको थियो । समितिमा विचाराधीन विधेयक शीर्ष तहमै भएको सहमतिअनुसार बिहीबारको बैठकबाट पारित भएको छ ।

नेकपा माओवादी शान्ति प्रक्रियामा आएको लामो समयसम्म पनि शान्ति प्रक्रिया टुंगिन सकेको छैन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा पटक–पटक सरकार बने पनि शान्ति प्रक्रियाको काम अलपत्र परेको थियो ।