काठमाण्डु – भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण अवसर हुने भारतले जनाएको छ ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले साउन २७ र २८ गते मिश्री नेपाल भ्रमणमा रहने जनाएको छ ।
नेपालका परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा विदेश सचिव मिस्री आईतबार नेपालको औपचारिक भ्रमणमा आउँदैछन् ।
‘विदेश सचिवको आगामी भ्रमणले २ देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ,’ विदेश मन्त्रालयले भनेको छ ।
भारत र नेपालबीच सदियौं पुरानो सभ्यतागत, सांस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको जनाउँदै भारतीय विदेश मन्त्रालयले भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरू सम्पन्न भई र नयाँ परियोजनाहरू अघि बढाई उच्चस्तरीय आदानप्रदानलाई गति दिएको जनाएको छ ।
विदेश मन्त्रालयले भनेको छ, ‘पछिल्लो वर्षहरूमा २ देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको छ । हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण अवसर हुनेछ ।’




प्रतिक्रिया