न्यायपरिषदद्वारा ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)

न्यायपरिषदद्वारा ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- न्याय परिषद्ले ३५ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकले न्याय सेवाबाट २५, सरकारी वकिलबाट छ र कानुन सेवाबाट चारजना गरी ३५ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए ।

परिषद्को जिल्ला न्यायाधीशमा सिफारिस गरेका जिल्ला न्यायाधीशहरूलाई प्रधानन्यायाधीशले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । यसरी सिफारिस हुनेमा यसअघि जिल्ला न्यायाधीशको परीक्षामा सहभागी भएर असफल भएकाहरू पनि अटाएका छन् ।

संविधानले उनीहरू योग्य हुने भनेकाले परिषद्ले उनीहरूलाई पनि समावेशी गरी जिल्ला न्यायाधीश सिफारिस गरेको परिषद्ले दाबी गरेको छ ।