देशका विभिन्न ठाँउमा ४ जना मृत फेला

देशका विभिन्न ठाँउमा ४ जना मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– शनिवार देशका विभिन्न ठाँउमा ४ जना मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा तनहुँ, ब्याँस नगरपालिका-१२ कर्लुङ बस्ने ४० वर्षीया सिता दवाडी, ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्ग डेरा गरी बस्ने मोरङ बिराटनगर महानगरपालिका घर भएका ३५ वर्षीय प्रकाश तिमल्सिना, खोटाङकाे साकेला गाउँपालिका-१ सेखुवा बस्ने ८४ वर्षीय देबी प्रसाद ढकाल र गुल्मीकाे चन्द्रकोट गाउँपालिका-८ बडिगार्ड खोलामा हाल नाम, थर,वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिला रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।