नेपाल–भारत परराष्ट्र सचिवस्तरीय भेटवार्ता

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्र सचिव सेवा लम्साल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ ।

काठमाण्डुको नक्सालस्थित हिल्टन होटलमा सोमबार मध्याह्न भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए ।

‘उहाँहरूबीच नेपाल र भारतको सम्बन्धका सबै पक्षको समीक्षा गर्ने र आगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा छलफल भएको छ,’ प्रवक्ता राईले भने, ‘२ देशबीच गठित विभिन्न संयन्त्रको नियमित बैठक गर्ने तथा भारतीय सहयोगबाट नेपालमा सञ्चालित विभिन्न परियोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि थप कसरी अघि बढ्नेबारे छलफल भयो ।’

प्रवक्ता राईका अनुसार भारतीय विदेश सचिव मिस्री परिचयात्मक भ्रमणमा आएका कारण अहिले कुनै सहमति वा सम्झौता नभई नितान्त शिष्टाचार भेटवार्ता भएको हो । भारतीय विदेश सचिव मिस्री २ दिने नेपाल भ्रमणका क्रममा आईतबार काठमाण्डु आएका थिए । उनी सोमबारै स्वदेश फर्किने कार्यक्रम छ ।