काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालको हवाई क्षेत्रमा नियामक निकायको रेगुलेटरी फेल भएको बताएकी छिन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले १४ दिनको अन्तरालमा दुई ठूला दुर्घटना हुनुले यसको पुष्टि भएकाे बताइन् ।
यति एयरलाइन्सको दुर्घटनाअघिको पाइलट र कोपाइलटको अडियो सार्वजनिक भएको र त्यसमा त्यसमा लापरवाही भएको प्रष्ट सुन्न सकिने उनले बताइन्।।
उनले भनिन् ‘मन्त्रालय सम्हालेका मन्त्रीहरूलाई पटकपटक सोधेको छु। नेपाल हवाइ उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन लागि नागरिक उड्ययन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा कहिले छुट्टयाउनुहुन्छ, विधेयक कहिले ल्याउनुहुन्छ? भनेर । तर मन्त्रीहरू पटकपटक फेरिनुभयो विधेयक संसदमा आएको छैन,’‘कतिजना हवाइ यात्रुहरूले विमानमा ज्यान गुमाउनुपर्ने हो? नेपालको नियामक निकायको रेगुलेटरी फेल भएको प्रष्टसँग देखिएको छ।’




प्रतिक्रिया