एजेन्सी– भारत र पाकिस्तानबीच गत वर्ष भएको सैन्य द्वन्द्वपछि पहिलोपटक पाकिस्तानी सरकारका मन्त्री भारत पुगेका छन् ।
पाकिस्तानका जलवायु परिवर्तनमन्त्री मुसादिक मलिक शुक्रबार नयाँ दिल्ली आइपुगेका हुन् । उनी साङ्घाई सहयोग सङ्गठन ९एससीओ० को सांस्कृतिक बैठकमा सहभागी हुन भारत पुगेका हुन् ।
सन् २०२५ मा काश्मीरमा पर्यटकमाथि भएको आक्रमणपछि भारत र पाकिस्तानबीच चार दिनसम्म सैन्य द्वन्द्व भएको थियो । उक्त द्वन्द्वमा दुवै पक्षका कम्तीमा ७० जनाको मृत्यु भएको थियो ।
यसअघि सन् २०२३ मा पाकिस्तानका पूर्वविदेशमन्त्री बिलावल भुट्टो जरदारी भारतमा आयोजित एससीओ बैठकमा सहभागी भएका थिए । मलिकको भ्रमण त्यसयता पाकिस्तानी मन्त्रीको पहिलो भारत भ्रमण हो ।
चार दिनसम्म चल्ने बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ । बैठकमा क्षेत्रीय सांस्कृतिक सम्पदाको प्रवर्द्धन, जनस्तरको सम्बन्ध विस्तार तथा अन्तरसांस्कृतिक सहकार्यका विषयमा छलफल हुनेछ ।



प्रतिक्रिया