बेचन झाविरुद्ध ठगी र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता

बेचन झाविरुद्ध ठगी र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बेचन झा विरुद्ध अभियोग पत्र दायर गरेको छ ।

सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । बेचनलाई आज बयान गराइँदै छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा उनले नेपाल र भारतको दोहोरो नागरिकता लिएको समेत खुलेको थियो ।

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा झा बाट मुलुकी अपराध संहिता–२०७४ को दफा २५४ बमोजिम २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने सरकारी मागदावी छ ।

तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले पक्राउ परेपछि बयान दिँदै प्रकरणमा राजनीतिक नेतृत्व मिलाउने जिम्मा झाले लिएको बताएका थिए ।

अनुसन्धान अधिकृतहरुले प्रकरणमा मुछिएकाहरुले झाको नाममा काटेको तीन करोड रुपैयाँको चेक समेत बरामद गरेका थिए ।

तर, आफूविरुद्ध बयान दिने कसैलाई पनि नचिनेको झाले बताएका छन् । झालाई नेपाल प्रहरीको विशेष टोलीले पक्राउ गरेर १५ असारमा नेपाल ल्याएको थियो ।