काठमाण्डु–कमलपोखरीस्थित कृष्ण बेकरी एन्ड कन्फेक्सनरीलाई सरकारले २ लाख जरिमाना तिराएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार गरेको बजार अनुगमन क्रममा कैफियत देखिएसँगै जरिमाना तिराएको हो । विभागका अनुसार रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको पाइएसँगै उक्त बेकरीलाई जरिमा ना तिराइएको हो ।
सोही स्थानको कृष्ण पाउरोटी भण्डार प्रालिलाई भने अनुगमनपछि सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।
विभागले ललितपुर हरिसिद्धिस्थित आरएस बस्त्रालयमा गरेको अनुगमनपछि १० हजार जरिमाना तिराएको छ । यो पसलमा खरिद बिलबिजक नराखेको र खरिद बिलबिजक समेत नराखेको पाइएको छ ।
यसअघि सोमबारको अनुगमनका क्रममा कागेश्वरी मनोहरास्थित एक बेकरीलाई पनि २ लाख जरिमाना तिराइएको थियो ।




प्रतिक्रिया