स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षीलाई शुभकामना

स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षीलाई शुभकामना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७८ औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका हुन् ।

शुभकामना सन्देशमा एमाले अध्यक्षसमेत रहेका ओलीले भनेका छन्,‘स्वतन्त्रता दिवसका दिनले हाम्रा राष्ट्रहरू बीचको मित्रता र सहयोगको बन्धनलाई बलियो बनाओस् । नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने कामना छ ।’

आज अगस्ट १५ मा भातमा ७८औँ स्वतन्त्रता दिवस मनाइँदै छ । यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ११ औं पटक लाल किल्लामा राष्ट्रिय झन्डा फहराउने छन् ।