परराष्ट्रसचिव लम्साल बेल्जियमको राजदूत सिफारिस

परराष्ट्रसचिव लम्साल बेल्जियमको राजदूत सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  सरकारले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।

बिहिबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमको राजदूतमा सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन् । उनी परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुन् ।

अब मन्त्रालयको निमित्त सचिवमा प्रवक्ता अमृत राई हुने भएका छन् । उनी परराष्ट्र सेवाका सबैभन्दा सिनियर सहसचिव हुन् ।

लम्सालको कार्यसम्पादन सन्तोषजनक नभएपछि राजदूत बनाएर पठाइ राईलाइसचिव बनाउने तयारी केही समय अघिबाटै सरकारले गरेको थियो । लम्सालको कार्यसम्पादनमा परराष्ट्रका कर्मचारीहरूले नै प्रश्न उठाउँदै आएका थिए ।