कुल सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपैँया पुग्याे

कुल सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपैँया पुग्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपैँया पुगेको छ। कुल गार्हस्थ उत्पादन अर्थात् सिंगो अर्थतन्त्रको आकार नै ५७ खर्ब ४ अर्ब ८४ करोड रहेकोमा सार्वजनिक ऋण अर्थन्त्रको ४२.६५ प्रतिशत हुन आएको छ।

राजस्व असुलीमा कमी आएपछि सरकारले ऋण परिचालन बढाएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्रै सरकारले एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख रुपैँया ऋण परिचालन भएको जनाएको छ। सरकारले असार महिनामा मात्रै ३२ अर्ब ८९ करोड ५८ लाख ऋण परिचालन गरेको थियो।

आर्थिक वर्ष २०८०/८१ मा ऋण भुक्तानीका लागि सरकारले ३ खर्ब ३० अर्ब रुपैँया बजेट विनियोजन गरेकोमा ३ खर्ब ५ अर्ब ३७ करोड ७१ लाख भुक्तानी भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। ऋण भुक्तानीमा विनियोजित बजेटको ९२.५४ प्रतिशत खर्च भएको छ ।ऋण भुक्तानी दायित्व बढ्दै जाँदा सरकारले विकास निर्माणमा गर्नुपर्ने खर्च संकुचित हुँदै गएको छ।

आर्थिक वर्ष २०८०/८१ मा सरकारले १४ खर्ब २२ अर्ब रुपैँया राजस्व उठाउने लक्ष्य राखेकोमा १० खर्ब ३० अर्ब रुपैँयामात्र उठाएका छन् ।