३४ अंकले घट्याे नेप्से, २८ अर्बकाे काराेबार

३४ अंकले घट्याे नेप्से, २८ अर्बकाे काराेबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार सेयर बजार ओरालो लगेको छ ।

नेप्से ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा थामिएको हो।

सुचक घटेपनि कारोबार भने उत्साह जनक भएको छ ।

आज ६ करोड ५४ लाख कित्ता सेयर बिक्री हुँदा २८ अर्ब ८३ करोडको सेयर खरिदबिक्री भएको छ।

आज ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ वटाको घटेको छ।

राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टिपर्पस फाइनान्स र सम्पदा लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्सको भने नकारात्मक सर्किट लागेको हो।

आज हिमालय रिको सर्वाधिक ८२ करोड, अपि पावर कम्पनी ७८ करोड, कुमारी बैंक ६५ करोड, एचआईडीसीएल ५२ करोडको कारोबार भएको छ।

दिनभर ३ लाख पटक सेयर खरिदबिक्री भएको थियो।