साफ यू–२० च्याम्पियनसिप : नेपालकाे विजयी सुरुवात

साफ यू–२० च्याम्पियनसिप : नेपालकाे विजयी सुरुवात

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साफ यू–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो।

पहिलो हाफमा निराजन धामीले गरेको गोल नै नेपालका लागि निर्णायक बन्यो।

खेलको २४ औँ मिनेटमा निराजन धामीको गोलमा नेपाली युवा टोलीले सुरुवाती अग्रता बनाएको हो। श्रीलंकाका गोलरक्षकसहित ७ खेलाडीलाई विट गर्दै गरेको निराजनको शसक्त प्रहारले पोष्टको जाली चुमेको थियो।

लिगमा भोलि सोमबार समुह बी को पहिलो खेलमा भारत र भुटान खेल्नेछन्। सो खेल यही मैदानमा दिउँसो ३ बजे हुनेछ।

च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन्। सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ए मा बंगलादेश र श्रीलंका छन्।

समुह बी मा भारत, मालदिभ्स र भुटान छन्। समुहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।