काठमाण्डु–बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वसचिव पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्सा स्थायी घर भई हाल पोखरा महानगरपालिका-१७, घारीपाटन बस्ने ४८ वर्षीय अनुज नकर्मी रहेका छन्
जिल्ला प्रहरी कार्यालय कास्की अनुसार नकर्मी बचतकर्ताको रकम हिनामिना एवं अपचलन गरेर ठगी गरेको कसुरमा संलग्न रही फरार रहेका थिए।
उनलाई शुक्रबार काठमाडौँको दक्षिणकालीबाट पक्राउ गरेर कारबाहीका लागि कास्की लगिएको छ। आइतबार उनलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको कास्की प्रहरीले जानकारी दिएको छ।
सहकारीका अध्यक्ष जीबी भन्ने गितेन्द्रबाबु राई फरार छन्।




प्रतिक्रिया