काठमाण्डु–पहिरो खस्दा चार जना गुमाएका बझाङका बीरबहादुर धामीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहत दिने घाेषणा गरेकाे छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले शोक वक्तव्य जारी गर्दै पहिरोमा परेर ज्यान गुमाएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् साथै
राहत दिने घोषणा गरेका हुन्।
शाहले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत प्रदान गर्ने बताएका छन् ।
गए राति आएको पहिरोमा परेर बुंगल नगरपालिका–१० टुमेडाका एकै परिवारका चार जना बेपत्ता थिए । उनीहरूको शव आज बिहान फेला परेको हो ।
पहिरोमा पुरिएर ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामीको मृत्यु भएको छ ।
उनीहरूको शव स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय बुंगलबाट खटिएको टोलीले निकालेको हो ।




प्रतिक्रिया