राष्ट्रिय स्वतन्त्र पार्टीले बाेलायाे केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले बाेलायाे केन्द्रीय समिति बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक डाकेको छ।

कार्यवाहक प्रवक्ता मनिष झाले बैठक बुधबार बिहान ८ बजेदेखि पार्टी कार्यालयमा सुरू हुने बताए ।

बैठकमा राष्ट्रिय भेलाबारे छलफल हुने उनले बताए।

भदौ दोस्रो साता गर्न लागेको कर्णाली विशेष अभियान बारे र सबै प्रदेशमा सभापति समेतको उपस्थितीमा कार्यक्रमलाइ लिएर छलफल गर्ने कार्यसूची रहेको झाले बताए ।

यस्तै संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिबारे छलफल गर्ने कार्यसूची छ।

रास्वपाले केन्द्रीय समितिमा स्थानीय तह निर्वाचन र संविधान दिवसको कार्यक्रमबारे पनि केन्द्रीय समितिमा छलफल गर्ने कार्यसूची बनाएको झाले जानकारी दिए।