काठमाण्डु – राजधानीमा जारी यू–२० साफ पुरुष फूटबल च्याम्पियनसिपमा नेपाल एक खेल अगावै सेमिफाइनमा पुगेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा समूह ‘ए’मा रहेको बंगलादेशले सोही समूहमा रहेको श्रीलंकालाई २–० गोलअन्तरले पराजित गरेपछि नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।
यसअघि नेपालले उद्घाटन खेलमा श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै समूह ‘ए’बाट शीर्ष ३ अंक जोडेको थियो । पछिल्लो हारसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।
बंगलादेशको जीतमा मिराजुल इस्लाम र पिएश अहमद नोभाले समान १/१ गोल गरे । खेलको १८औं मिनेटमा इस्लामको गोलमार्फत बंगलादेशले अग्रता लिएको थियो । त्यसपछि खेलको अन्त्यतिर नोभाले गोल गर्दै बंगलादेशको जीत पक्का गरे ।
समूह ‘ए’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । खेल भदौ ६ गते हुनेछ । प्रतियोगिताअन्तर्गत बुधबार माल्दिम्स र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।




प्रतिक्रिया