काठमाण्डु – छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
मोरङको विराटनगर महानगरपालिका–१५ जतुवा बस्ने ४२ वर्षीया सरितादेवी यादवको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।
आफ्नै घरको धारामा जडान गरिएको कलको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
यसैगरी, दोलखाको बिगु गाउँपालिका–७ अमाडोल सिरू बस्ने २९ वर्षीय सुमन खड्काको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ । आफ्नै घरमा बिजुली बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको धुलिखेल शाखा अस्पताल दोलखामा उपचारको क्रममा मृत्यु भएको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया