काठमाण्डु– मुख्यसचिव लीलादेवी गड्तौलाले नेपाल सरकारले सय दिनमा गर्ने कामको योजना सार्वजनिक गर्ने तयारी गरेको बताएकी छिन् ।
नेपाल उद्योग परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गत वर्षभन्दा यस वर्ष सरकारले बजेटमा उल्लेखित कार्यक्रम कार्यान्वयनमा बढी सफलता हात पर्ने बताइन्।
सम्बन्धित मन्त्रालयले बजेट कार्यान्वयन गर्ने भएकाले आफूले त्यसमा बढी बोल्न उपयुक्त नहुने उनको भनाइ थियो।
‘ अहिलेको सरकारले सय दिन भित्रमा गर्ने काम के के हुन् भन्ने कुरा अब छिट्टै नै बाहिर ल्याउँदैछ। त्यो सय दिन भित्र गर्ने काम धेरै नै यहाँ पर्ने मैले महशुस गरेको छु। यो बजेटको बारेमा मैले धेरै बोल्नु पनि हुँदैन। जसले जे मन लाग्यो, जतिखेर जहाँ बोल्ने पनि होइन जस्तो लाग्छ। बजेट अर्थ मन्त्रालयबाटै बोल्नुपर्ने हो। सम्बन्धित मन्त्रालयले नै जान्दछ। मुख्यसचिवले कुनै पनि फाइल सदर गर्नुपर्दैन। धेरैलाई भ्रम छ–सबै फाइल मुख्य सचिवले सदर गर्छ भन्ने तर त्यो होइन। मुख्य सचिवले क्याविनेटमा गर्ने हो, बाँकी अरु सम्बन्धित मन्त्रालयले नै गर्ने हो,’ उनले भनिन्।




प्रतिक्रिया