काठमाण्डु – भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाईवालेले भेटवार्ता गरेका छन् ।
बुधबार नयाँदिल्लीको साकेतस्थित सेराटन होटलमा देउवा र चौथाईवालेबीच भेट भएको हो ।
भेटमा भाजपा विदेश विभाग प्रमुख चौथाईवालेले परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा देउवालाई बधाई दिएका छन् ।
भारत भ्रमणमा रहेकी देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसकेकी छन् ।




प्रतिक्रिया