काठमाण्डु-भारतको आन्ध्र प्रदेशस्थित एक औषधि उद्योगमा विस्फोट हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ ।
आन्ध्र प्रदेशको अनकापल्ली अच्युतपुरममा एसेन्सिया कम्पनीमा रिएक्टर विस्फोट हुँदा ४० जना घाइते भएका छन् ।
विस्फोट हुँदा उद्योगमा ३८१ जना कर्मचारी कार्यरत थिए । खाना र विश्रामको समय विस्फोट भएको हुँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।




प्रतिक्रिया