परराष्ट्रमन्त्री राणा आज फर्किँदै

परराष्ट्रमन्त्री राणा आज फर्किँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-भारतको औपचारिक भ्रमणमा गएकी परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् ।

आइतवार ५ दिने भारत भ्रमणका लागि उनी त्यसतर्फ गएकी थिइन् । आफ्नो भ्रमण सकेर उनी आज नेपाल फर्किन लागेकी हुन् । भारत भ्रमणमा रहेकी परराष्ट्र मन्त्री राणाले हिजो भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच भेटवार्ता गरेकी छिन् ।

भ्रमणका क्रममा मन्त्री डा. राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् भने सोही दिन आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा.एस जयशङ्करसँग पनि भेटवार्ता गरेकी थिइन् ।