काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जुनसुकै हालतमा पनि भ्रष्टाचार मुद्दामा हदम्याद लागू गर्न नहुने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो भनाई राख्दै उनले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद लागू गर्न नहुने बताएका हुन् ।
उनले आफूलाई हजाराै युवाले फाेन गरेर भ्रष्टाचार मुद्दामा हदम्याद लागू गर्न नहुने भन्दै चिन्ता व्यक्त गरेकाे बताए ।
उनले भने, ‘युवाहरूले यो प्रस्ताव पारित हुने त होइन भन्ने युवाहरूले चित्ता व्यक्त गर्नुभएको छ। म मेरो र मेरो दलको तर्फबाट सिंगो सदनलाई जानकारी गराउँछु, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्न हुने छैन। नो इफ नो बट हाम्रो कुरा क्लियर कट।’
उनले जुनसुकै समयमा भएको भ्रष्टाचारको अनुसन्धान हुनुपर्ने बताए ।




प्रतिक्रिया