प्रधानमन्त्रीले शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिको रुपमा बोल्दै हिँड्नुभयो : सुमना श्रेष्ठ

प्रधानमन्त्रीले शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिको रुपमा बोल्दै हिँड्नुभयो : सुमना श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–पूर्वशिक्षामन्त्री सुमाना श्रेष्ठले दलीय राजनीतिले त्रिविमा दुर्दशा निम्त्याएको बताएकी छन् ।

आजकाे प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विभागीय प्रमुख पदको लागि दलीय राजनीतिले त्रिविलाई बिगारेकाे बताइन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली लाई सेनापतिको संज्ञा दिएकी छन्। उनले शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिको रुपमा प्रधानमन्त्री बोल्दै हिँडेको आरोप लगाइन्।

उनले भनिन्, विभागीय प्रमुख पदको लागि दलीय राजनीतिले त्रिविमा दुर्दशा निम्त्याएको छ। यसमा कार्यक्षमता र नियतको पनि प्रश्न उठ्छ। विवाद भएका विश्वविद्यालयका कुलपति को ? प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमाबाट माग गर्नुपर्ने त्यो परिषद्को कप्तान को ? प्रधानमन्त्री, साउन ३० गते सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परिक्षा नियन्त्रकलाई कुटे, क्याम्पस प्रमुख र प्रशासन मुकदर्शक त्यसको माउ पार्टीको अध्यक्ष को अहिलेको प्रधानमन्त्री। शिक्षालयमा अहिले दल चाहिन्छ भनेर सेनापतिको रुपमा बोल्दै हिँड्ने दलगत हुनुपर्छ भन्ने शिक्षक र प्राध्यापकले राजीतिक गर्नुपर्छ भन्ने पनि प्रधानमन्त्री।’