भ्रष्टाचार नियन्त्रणमा अहिलेको सरकारले कुनै एक्सक्युज खोज्दैन, काम गर्छ : प्रधानमन्त्री ओली

भ्रष्टाचार नियन्त्रणमा अहिलेको सरकारले कुनै एक्सक्युज खोज्दैन, काम गर्छ : प्रधानमन्त्री ओली


काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै बहाना नखोज्ने बताएका छन् ।

प्रतिनिधिसभामा प्रश्नउत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणलाई क्षणिक प्रचारको विषय नभएकाे उल्लेख गरे ।

उनले भ्रष्टाचार नियन्त्रण हल्लाको विषय नभई कानुनी अनुसन्धान र नतिजामुखी हुनु पर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले भने–’भ्रष्टाचार नियन्त्रणलाई क्षणिक प्रचारको विषय बनाएर होइन, नियन्त्रणका कानुनी प्रक्रिया अपनाएर टुंगोमा पुर्‍याउनुपर्छ’, अहिलेको सरकारले कुनै एक्सक्युज (बहाना) खोज्दैन, काम गर्छ ।’

उनले अब मन्त्रीहरुसँग गर्ने कार्यसम्पादन सम्झौतामा समेत यसलाई उल्लेख गर्ने जानकारी दिए ।