परराष्ट्रमन्त्री देउवा स्वदेश फिर्ता

परराष्ट्रमन्त्री देउवा स्वदेश फिर्ता

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार स्वदेश फर्किएकी छन् ।

भारतको ४ दिने भ्रमण सकेर मन्त्री देउवा स्वदेश फर्किएकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटनमन्त्री बद्री पाण्डेले स्वागत गरेका छन् ।

मन्त्री देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताइन् ।

उनले भारत सरकारबाट प्राप्त आतिथ्यता र स्वागतका लागि भारत सरकारका विदेशमन्त्री डा. एस जयशंकर र पदाधिकारीप्रति धन्यवाद दिएकी छन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेकी थिइन् ।