काठमाण्डु-तनहुँको आँबुखैरेनीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा अहिले १२ जनाको शव फेला परेको छ ।
पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको हो ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक शिव थापाका अनुसार अहिलेसम्म १२ जनाको शव निकालिएको छ ।
बसमा ४० भन्दा बढी यात्रु सवार रहेकाले मृतकको संख्या बढ्न सक्ने थापाले बताए ।




प्रतिक्रिया