काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारीसम्बन्धी संसदीय छानबिन समितिमा बयान दिन पुगेका छन् । समितले सोधपुछका लागि बोलाएपछि लामिछाने दिउँसो ४ बजेपछि सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेर अहिले बयान दिइरहेका छन् ।
लामिछानेमाथि गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक भएको बेलामा रकम हिनामिना गरेको आरोपमा सोधपुछका लागि बोलाइएको हो। लामिछाने विभिन्न कागजात बोकेर समितिमा उपस्थित भएका समितिका एक सदस्यले जानकारी दिए ।
विभिन्न सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा कम्पनीका तत्कालीन पदाधिकारीहरूको खातामार्फत् गएको देखिएपछि समितिले लामिछानेसहितका पदाधिकारीहरूलाई बोलाएर बयान लिइरहेको छ।




प्रतिक्रिया