तनहुँ बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुग्यो

तनहुँ बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ ।

पोखराबाट काठमाण्डुतर्फ आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट अन्दाजी २०० मिटर तल मर्स्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन् ।

घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डु ल्याइएको छ । उनीहरूको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

प्रहरीका अनुसार बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए ।