नेपालमा चल्न थाल्यो टिकटक

नेपालमा चल्न थाल्यो टिकटक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको भोलिपल्ट शुक्रबारदेखि टिकटक चल्न चालेको छ ।

केही नेपाली प्रयोगकर्ताले विभिन्न एपको सहारामा टिकटक चलाउँदै आए पनि शुक्रबार साँझबाट नेपालमा टिकटक सोझै चल्न सुरु भएको हो ।

अहिले टिकटक चलाउन खोज्दा एप र ब्राउजरबाट सोझै चल्न थालेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकलाई नेपालमा खुला गर्ने निर्णय गरेको थियो ।

यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।