रामेछाप पहिरो अपडट : एकै परिवारका चारसहित ६ जनाको शव फेला, ४ बेपत्ता

रामेछाप पहिरो अपडट : एकै परिवारका चारसहित ६ जनाको शव फेला, ४ बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेकखर्कमा गएको पहिरोमा थप चार जनाको शव फेला परेको छ । गएरातिको अविरल बर्षासँगै आएको पहिरोले घर बगाउँदा उनीहरूको मृत्यु भएको हो ।

पहिरोले पुरिएको अवस्थामा घटनास्थलबाट शव निकालिएको प्रहरीले जनाएको छ । घटस्थलमा पुगेका स्थानीय सिंहराज योञ्जनका अनुसार हालसम्म चण्डिका थापा मगर,आमस थापा मगर, उर्मिला पहरी, सन्दीप पहरी, विज्ञान पहरी र सन्तोष पहरीको शव पहिरोबाट निकालिएको हो ।

अझै चार जना बेपत्ता रहेकाले खोजी कार्य जारी छ । फड्की पहरी, काले पहरी, झ्याउकिरी पहरी र बिन्दा पहरी बेपत्ता छन् । घाइते अवस्थामा अञ्जाना पहरीको प्रहरीले उद्धार गरेको छ ।

नेपाली सेना, प्रहरी र स्थानीय उद्धार र खोजी कार्यमा जुटिरहेका छन् । पहिरोले ४ वटा घर र दोरम्बा गाउँपालिका वडा नम्बर ३ र २ को बीचमा रहेको पक्की पुल पनि बगाएको छ । पहिरो जाँदा वडा नम्बर १,२ र ३ का स्थानीय प्रभावित भएका छन् ।

यता बाढीले रामेछाप र दोलखाको सिमानामा रहेको मिल्ती खोलाको पुलमा समेत क्षति पु¥याएको छ ।