राष्ट्रिय परिचयपत्रलाई अनिवार्य नगर्न सर्वोच्चकाे अन्तरिम आदेश

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य नगर्न सर्वोच्चकाे अन्तरिम आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशहरु डा.मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो ।

अधिवक्ता रामबहादुर रावल लगायतले परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

२०८१ जेठ २४ को मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा २८ जिल्लामा १ साउनबाट लागु हुने गरी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

दोस्रो चरणमा १ माघ २०८१ बाट थप ३८ जिल्लामा र २०८२ साउन १ पछि भने देशैभरि ७७ वटै जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको थियो ।