काठमाण्डु-साफ यू–२० च्याम्पियनसिप अन्तर्गत दोस्रो सेमिफाइनलमा आजसाविक विजेता भारत र बंगलादेश भिड्दैछन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेल दिउँसो ३ बजे हुनेछ । भारत समूह ‘बी’ को विजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेको हो । यस्तै बंगलादेश भने समूह ‘ए’ को उपविजेता टोलीको रुपमा सेमिफाइनल खेल्न लागेको हो । च्याम्पियनसिपमा भारत अपराजित छ । समूह चरणमा बंगलादेश नेपालसँग पराजित भएको थियो ।
यो खेलको विजेताले उपाधिका लागि घरेलु टोली नेपालको सामना गर्नेछ ।
नेपाल पहिलो सेमिफाइनल खेलमा हिजो भुटानलाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
फाइनल खेल बुधबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुनेछ ।




प्रतिक्रिया